Sagun Khabar
बैतडीमा जीप दुर्घटना - घाइते ४ जनाको डडेल्धुरा अस्पतालमा उपचार हुँदै

बैतडी-  बैतडीमा जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

बझाङबाट धनगढी जाँदै गरेको से १ ज १००५ नम्बरको बेलोरो जीप पाटन नगरपालिका वडा नम्बर ८ स्थित अनारखोलीमा दुर्घटना हुँदा चार जना घाइते भएका बताइएको छ ।

घाइते हुनेमा बझाङको दुर्गाथली गाउँपालिका ६ का ३३ वर्षीय लोकेन्द्र महत, सोही ठाउँका १३ वर्षीय औजित महत, ३० वर्षीय सरस्वती धामी र दुर्गाथलीकै ४५ वर्षीय ओमजंग कडायत रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए ।

घाइतेहरुको उद्धार गरि डडेल्धुरा अस्पतालमा उपचार भैरहेको बताइएको छ । सडकबाट करिब २५ मिटर तल खसेको उक्त जीपमा चालक सहित पाँच जना सवार रहेका बुझिएको छ । घाइतेहरुको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक पाण्डेयले बताएका छन ।

जीप सडकबाट आफै अनियन्त्रीत भएर दुर्घटनामा परेको र चालक बझाङको दुर्गाथली ४ का रमेश जाग्रीलाई नियन्त्रण लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार बेलोरो जीप बिहीबार अपराहन्न ४ बजेतिर दुर्घटनामा परेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २०:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update