Sagun Khabar
पहिरोले बैतडीमा केदार माविको शौचालय भत्कियो, चारकोठे भवनमा क्षति 

बैतडी–बर्षासंगै खसेको पहिरोले बैतडीको सुर्नया गाउँपालिका–७ स्थित केदार माविको दुई कोठे शौचालय भत्किएको छ । यस्तै खानेपानीको धारा समेत पहिरो बगाएको विद्यालयका शिक्षक कमलबहादुर साउँदले बताए । 

सोमबार राति परेको बर्षाका कारण गुन्याखोलामा पहिरो खसेको र पहिरोले विद्यालयका क्षति पुर्याएको शिक्षक साउँदले बताए । 

खोलाले बगाएर ल्याएको लेदोले विद्यालय भवनका दुईकोठा पुरिएका छन् भने चारकोठे भवन जोखिममा परेको विद्यालयका प्रधानाध्यापक विरेन्द्र चन्दले बताए । 

पहिरोले विद्यालयमा क्षति पुर्याएपछि पठनपाठनमा समस्या हुने भएको छ । कक्षा १२ सम्मको पढाइ हुने उक्त विद्यालयमा अब शौचालयको समेत अभाव भएको छ । 

बर्षातको शुरुवातमै विद्यालयमा क्षति पुगेको र थप जोखिम निम्तिएको प्रधानाध्यापक चन्दले बताए । पहिरोले विद्यालयमा पुर्याएको क्षतिको विवरण संकलन भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update