Sagun Khabar
कांग्रेसलाई हराउने कसैको तागत छैन : नेता चन्द

बैतडी-नेपाली कांग्रेसका युवा नेता एवम् नेपाली कांग्रेस क्षेत्र न (ख)का पार्टी सभापती तेज ब चन्दले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले लोकतन्त्रलाई समाप्त पार्न खोजेपछि संविधान र लोकतन्त्रको रक्षाका लागि सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको बताएका छन् ।

गृहजिल्ला पाटन स्थीत बुधबार जिल्ला कार्यसमिती द्वारा आयोजित प्रशिक्षण भेलालाई सम्बोधन गर्दै युवा नेता चन्दले पार्टी सभापति शेरबहादुर देउवा बाध्यात्मक परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्री बनेको बताए ।

Atrya hospital

कांग्रेसको १४औँ महाधिवेशनले गाउँ, वडादेखि नै युवा र असल नेतृत्व आउने भन्दै नेता चन्दले महाधिवेशनलाई मेलमिलाप र आपसी सद्भावका रुपमा अगाडि बढाउनुपर्ने बताए ।

आगामी चुनावमा बैतडीमा कांग्रेसलाई हराउन कुनैपनि पार्टिको तागत नभएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update