Sagun Khabar
कांग्रेसको कार्यकर्ता प्रशिक्षण सम्पन्न, अब अधिबेशनको अन्य तयारी 

सीपी लोहिया। बैतडी- नेपालि कांग्रेस बैतडीको कार्यकर्ता परिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । स्थानियतहहरुमा सञ्चालन गरिएको प्रशिक्षण कार्यक्रम अन्तरगत बुधबार पाटनमा समापन गरिएको हो । 

सबै स्थानियतहमा प्रशिक्षण कार्यक्रम गर्ने योजना सहित प्रशिक्षण अभियान सुरु गरेको बैतडी कांग्रेसले तल्लो सोराड क्षेत्रका ३ स्थानियतह बाहेक अन्य ७ स्थानियतहमा प्रशिक्षण कार्यक्रम गरेको छ । तल्लोसोराड क्षेत्रमा अघिल्लो चरणमा कार्यक्रम गरेको कांग्रेस बैतडीले जनाएको छ ।

Atrya hospital


प्रशिक्षण कार्यक्रम सम्पन्न गरेसंगै कांग्रेसले बिहिबारदेखी वडा अधिबेशनका गतिबिधिहरु सञ्चालन गर्ने नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष रमेश पाण्डेयले बताए । 


बुधबार पाटनमा भएको समापन कार्यक्रम मार्फत सबै वडा कार्यसमितिहरुलाई अधिबेशनका गतिबिधिहरु सञ्चालन गर्न भनिएको छ । 


नेपालि कांग्रेस बैतडीका जिल्ला सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतीथी पुर्व केन्द्रीय सदस्य बिनयध्वज चन्द रहेका थिए । कार्यक्रममा पुर्व जिल्ला सभापतिहरु नरबहादुर चन्द तथा शिवराज भट्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । 


पाटनमा सम्पन्न प्रशिक्षण कार्यक्रममा नगर कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु र वडा कार्यसमितिमा आवद्ध ब्यक्तिहरुको सहभागीता रहेको थियो । 


कार्यक्रममा पार्टिको संसोधित बिधान, नियमावलि तथा निर्देशिकाको बिषयमा प्रशिक्षण दिइएको काग्रेस बैतडीका प्रेश प्रवक्ता बसन्त बिष्टले बताए । 


१४औँ महाधिबेशन नजिकिएका बेला पार्टिको वडा स्तर देखीका गतिबिधिहरु सञ्चालन भैरहेको नेपाली कांग्रेस बैतडीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update