Sagun Khabar
बृक्षारोपण अभियानमा प्रहरी

बैतडी-राष्ट्रसेवक कर्मचारी बृक्षारोपण अभियान अन्तर्गत बुधबार बैतडीको दशरथचन्द नगरपालिका वडा न. ४ स्थीत साहिलेकामा बृक्षारोपण गरिएको छ ।

बिहानै जिल्ला प्रहरी कार्यालयका २५जना प्रहरीको टोलीले बृक्षारोपण गरेको हो । साहिलेकमा रहेको ससस्त्र प्रहरी सेनामूखको जमिनमा बृक्षारोपण गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Atrya hospital

प्रहरी निरिक्षक दर्शन खडकाको नेतृत्वमा खटिएको टोलीले बिभिन्न जातका १सय ४० बोटबिरुवाहरु रोपेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

बुधबार रोपिएका बोट बिरुवामा लप्सी, अम्बा, काजती, ओखर लगायतमा फलफुलका बिरुवा रहेकाछन् । बुधबार रोपण गरिएका बिरुवा जिल्ला बान कार्यालयको समन्वयमा ल्याएर रोपिएको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ । बुधबार रोपण गरिएका बिरुवाहरुको प्रहरीले नै बेलाबेलामा संरक्षण गर्नुका साथै अन्य ठाउँमा समेत बोट बिरुवा रोप्ने बताइएको छ ।  
जिल्ला प्रहरी कार्यालय बैतडीले बिगतले जिल्लाका बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ । प्रहरीले गाँजा नष्ट अभियान, लागुऔषध दुव्र्यसनी न्यूनिकरण अभियान, मास्क वितरण अभियान लगायतका बिभिन्न अभियान सञ्चालन गर्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update