Sagun Khabar
गृहमन्त्री लेखकसमक्ष बैतडीको शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे ‘ब्रिफिङ’

बैतडी –गृहमन्त्री रमेश लेखकले बैतडीको शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएका छन् । 

बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेर शान्तिसुरक्षा र विपद् व्यवस्थापनबारे जानकारी लिएसँगै गृहमन्त्री लेखकले जिल्लास्थित सम्बद्ध अधिकारीहरूलाई आवश्यक निर्देशनसमेत दिएका छन् ।

गृहमन्त्री लेखकलाई जिल्लाको समग्र शान्तिसुरक्षा र विपद् व्यवस्थापनका बारेमा जानकारी गराइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । उनले भने, ‘गृहमन्त्रीलाई जिल्लाको समग्र शान्तिसुरक्षा र विपद् व्यवस्थापनका बारेमा ‘ब्रिफिङ’ गरेका छाँैं । उहाँले विपद् पूर्वतयारी तथा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ, सोहीअनुसार तदारुकताका साथ काम हुन्छ ।’

गृहमन्त्री लेखक तीनदिने भ्रमणका लागि बुधवार बैतडी आएका हुन् । जन्मघर बैतडी रहेको गृहमन्त्री लेखकको यहाँ रहँदा पारिवारिक एवं राजनीतिक भेटघाटका साथै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update