Sagun Khabar
बैतडी अस्पतालद्वारा उत्कृष्ट स्वास्थ्यकर्मी र कर्मचारी पुरस्कृत 

बैतडी–जिल्ला अस्पताल बैतडीले अस्पतालमा कार्यरत उत्कृष्ट स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । 

चालु आर्थिक बर्षमा स्वास्थ्यकर्मी र कर्मचारीहरुको कार्यसम्पादनको आधारमा चार जनालाई छनौट गरि पुरस्कृत गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.सुशील विकले बताए । 

चिकित्सकतर्फ डा.टेकेन्द्र नेपाली, नर्सिङतर्फ अनमी हेमा चन्द, पेरामेडिकतर्फ अहेव खगेन्द्र चन्द र कार्यालय सहयोगीतर्फ नारद भट्टलाई पुरस्कृत गरिएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए । 

उत्कृष्ट कर्मचारीहरुलाई नगद पुरस्कारसहित प्रंशसा पत्र प्रदान गरिएको छ भने दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ । 

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुको मनोबल बढाउन हरेक बर्ष उत्कृष्ट कर्मचारी छनौट गरेर पुरस्कृत गर्ने गरिएको अस्पतालका प्रमुख डा. विकले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update