
बैतडी–बैतडीको पाटन नगरपालिका वडा नं ६ मा नेपाली कांग्रेसको वडा सम्मेलन सम्पन्न भएको छ । पार्टीको संगठनलाई चुस्तदुरुस्त बनाउन र चलायमान बनाउनका लागि विधान अनुसार वडा सम्मेलन गरिएको वडा सभापति राजेन्द्र बिष्टले बताए ।
यस्तै कांग्रेसले वडा नं ६ भित्र रहेका नेपाली कांग्रेसका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान समेत गरेको छ । ४१ जनालाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको बिष्टले बताए ।
नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, पाटन नगर सभापति रमेशसिंह महरा लगायतका नेताहरुको उपस्थितीमा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको बिष्टले बताए ।
नेपाली कांंग्रेसले पार्टीमा योगदान पुर्याएका जिल्लाभरीका जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्दै आएको छ । वडा सम्मेलनको क्रममा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको र सोही अनुुसार आज पाटन नगरपालिका–६ मा जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान गरिएको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले जानकारी दिए ।
यस्तै कार्यक्रममा पार्टीका क्रियाशील सदस्यहरुलाई सदस्यता समेत वितरण गरिएको छ ।