Sagun Khabar
बैतडीमा बर्षा र हावाहुरीले मकैबालीमा क्षति 

बैतडी–बैतडीमा लगातारको बर्षा र हावाहुरीले मकैबालीमा क्षति पुगेको छ । 

जिल्लाका विभिन्न स्थानमा बर्षासंगै आएको हावाहुरीले मकैबालीमा क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । हावाहुरीले सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्याएको किसानहरुले बताए । 

दुई दिनदेखिको बर्षासंगै आएको हावाहुरीले मकैबाली ढालेर क्षति पुर्याएको सुर्नया–४ का देवदत्त भट्टले बताए । मकैमा घोगा लाग्ने बेलामा हावाहुरीले क्षति पुर्याएपछि किसानहरु चिन्तित भएका छन् । 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update