
बैतडी–बैतडीको गोकुलेश्वरमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।
आज डिलाशैनी गाउँपालिकाको वडा नं ६ बेतालथलामा धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताए ।
कृषि ज्ञान केन्द्र, डिलाशैनी गाउँपालिका, गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज लगायतको आयोजनामा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको जोशीले बताए ।
स्थानीय किसान र सरोकारवालाहरुको सहभागितामा खेतमै धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको हो । धान बालीमा सघनता : खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने मूल नारासहित धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको जोशीले बताए ।
बैतडीमा ५ हजार १२५ हेक्टर जमीनमा धानखेती गर्ने गरिएको छ । धानखेती हुने जमीन मध्ये ५२ प्रतिशतमा मात्रै सिँचाइ सुविधा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाँकी जमीनमा आकाशे पानीको भरमा रोपाइँ गर्ने गरिएको उनले बताए ।
बैतडीमा ६५ प्रतिशत रोेपाइँ सम्पन्न भइसकेको छ । सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ सकिएको र आकाशे पानीको भरमा रोपाइँ गर्ने ठाउँमा रोपाइँ गर्न बाँकी रहेको बताइएको छ ।