
बैतडी –बैतडीको सुर्नया गाउँपालिकाभित्र रहेका १३ ओटा सामुदायिक विद्यालयबाट एसईई परीक्षामा सहभागी भएका ३ सय ५७ जना परीक्षार्थीमध्ये १ सय ९५ जना उत्तीर्ण भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार प्रकाशन गरेको नतिजा अनुुसार सुर्नयाका ५५ प्रतिशत विद्यार्थी एसईईमा उत्तीर्ण भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले जानकारी दिए ।
गएको चैतमा सञ्चालन भएको एसईईमा गाउँपालिकाभित्रका १३ ओटा विद्यालयका परीक्षार्थी सहभागी भएका र ती मध्ये चारओटा विद्यालयका ८० प्रतिशत बढी परीक्षार्थी उत्तीर्ण भएका गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए ।
प्रकाशित नतिजा अनुसार केदार मावि कठमडाका २० जना विद्यार्थी मध्ये १९ जना उत्तीर्ण भएका छन् । परीक्षमा सहभागी भएका ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका गाउँपालिकाले जनाएको छ ।
यस्तै उदयदेव मावि पालिगडाका ११ जना परीक्षार्थी सहभागी भएकोमा १० जना अर्थात ९१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यस्तै शंकर संस्कृत मावि मूलखटालीका ५९ जना परीक्षार्थीमध्ये ५० जना अर्थात ८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । रौलेश्वर मावि रामकी बरायलका १६ जना विद्यार्थी १३ जना अर्थात ८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यसैगरी कैलपाल मावि झाड्बोका १९ जना मध्ये १५ जना अर्थात ७९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । भुवनेश्वर मावि पत्थरकोट, चौथलीका ९ जना मध्ये ७ जना अर्थात ७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यस्तै वासुदेव मावि लिस्किटका ३८ जना मध्ये २६ जना अर्थात ६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय मावि फाटीगडाका ४३ जनामध्ये २२ जना अर्थात ५१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गाउँपालिकाभित्रका ५ ओटा विद्यालयका ५० प्रतिशतभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका छन् । उच्चाकोट मावि गुर्केलीका २३ जनामध्ये १० जना अर्थात ४३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
यस्तै सिगास मावि मुसेका ३२ जनामध्ये ११ जना अर्थात ३४ प्रतिशत, भुवनेश्वर मावि गोयलीका ३१ जनामध्ये ७ जना अर्थात २३ प्रतिशत, नेपाल राष्ट्रिय मावि ग्वानीका ३९ जनामध्ये ४ जना अर्थात १० प्रतिशत र भूमीराज मावि ढोलेका १७ जनामध्ये एक जना अर्थात ६ प्रतिशत परीक्षार्थीमात्रै उत्तीर्ण भएका छन् ।
बैतडीबाट एसईईमा सहभागी भएका विद्यार्थी मध्ये ५२.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैतमा सञ्चालन भएको एसईईमा ४ हजार ३०७ जना परीक्षार्थी मध्ये ४ हजार २ सय १८ जना सहभागी भएका थिए । परीक्षा फारम भरेका ८९ जना परीक्षामा अनुपस्थित रहेका थिए ।
परीक्षामा सहभागी भएकामध्ये २ हजार २ सय ६ जना उत्तीर्ण भएका छन् भने २ हजार १२ जना ननग्रेड भएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ ।