Sagun Khabar
बैतडीमा एक पुरुष मृत फेला 

बैतडी–बैतडीमा एक पुरुष मृत फेला परेका छन् । 

जिल्लाको पाटन नगरपालिका–४ बगाडीका ५० बर्षीय दिलिपबहादुर चन्द शनिबार दिउँसो १ बजेतिर मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । 

दशरथचन्द राजमार्गसंग जोडिएको पाटन नगरपालिका–६ को चुँच्चाइमोडको सल्लाघारी जंगलमा चन्दको शव फेला परेको हो । गस्ती जाने क्रममा प्रहरीको टोलीले उक्त शव फेला पारेको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

चन्द कहिले घरबाट निस्केका थिए भन्ने बिषयमा अहिले खुलीनसकेको र घटनास्थलको कार्य भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए । 

चन्दको मृत्युको कारण पनि खुल्न बाँकी रहेको छ । घटनास्थलको कार्य सकिएपछि मृतकको शव पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ । मृतक चन्द ट्याक्टर चालक समेत रहेका बुझिएको छ । 
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update