Sagun Khabar
गौरा पर्वको मुख्य दिन अठ्याबली विधि पुर्वक मनाइदैँ

बैतडी–आज गौरा पर्वको मुख्य दिन अठ्याबली अर्थात् दुर्वाष्टमी धुमधामका साथ मनाइदैछ । आजका दिन गौराको पूजाआजा गर्ने गरिन्छ ।

हिजो अमुक्ताभरण सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले चढाएको दुवधागो आज ग्रहण गर्ने चलन रहेको छ । महिलाहरु व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजापाठ गर्ने चलन छ ।

Atrya hospital

यसैगरि दिनमा महिलाहरु हल्लोरी वाला कल्लोरी भन्दै (शिव र पार्वतिको प्रतिमुर्ति) खेलाउने गर्दछन् । गौराखालामा विधिपुर्वक फल फट्काएपछि आजैदेखी नयाँ फलहरु चाख्ने चलन छ । गौरा पर्वमा  पौराणिक कथाहरुमा आधारीत देउडा खेल्ने, देवी देवताका गाथा गाउने, चैतली, धुमारी, ढुस्को तथा खेल खेल्ने चलन छ ।

यस्तै आज नै कृष्णजन्माष्टमी पर्व पनि मनाइदैछ । संघीय सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । यसअघि गौराको अवसरमा सुदूरपश्चिम प्रदेशमा मात्रै बिदा दिएको संघीय सरकारले आजकै दिन श्रीकृष्ण जन्माष्टमी पर्व पनि परेपछि देशभरी नै बिदा दिने निर्णय गरेको हो । 
 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update