Sagun Khabar
बैतडीको दशरथचन्द नगरपालिकाद्वारा अपांगता छनौट शिविर सञ्चालन 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले अपांगता छनौट शिविर सञ्चालन गरेको छ । नगरपालिकाभन्दा टाढा रहेका वडाका नागरिकहरुको समस्यालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख लिला कुँवरले बताइन् । 

आज वडा नं १ पितलथला र वडा कार्यालयमा शिविरको आयोजना गरिएको थियो । शिविरमा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरिएको छ । वडा नं १ मा २० जना पुरुष र १६ जना महिला गरी ३६ जनाको स्वास्थ्य परीक्षण गरिएको कुँवरले बताइन् । 

चिकित्सकसहितको टोलीले अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण र रिपोर्टका आधारमा उनीहरुलाई अपांगता परिचयपत्र प्रदान गरिने कुँवरले बताइन् । अपांगता परिचयपत्र पाउन योग्य भएका व्यक्तिहरुलाई वडामै परिचय पत्र उपलब्ध गराइने उनले बताइन् । 

यस्तै शुक्रबार वडा नं ९ र शनिबार वडा नं ६ मा शिविरको आयोजना गर्ने तयारी रहेको उनले बताए । 

दुर्गम वडामा रहेका अपांगता भएका नागरिकहरुको सहजताका लागि छनौट शिविर सञ्चालन गरिएको अपांगता परिचयपत्र वितरण समिति संयोजक एवं दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । उनले भनिन् ‘हामीले अपांगता भएका व्यक्तिहरुको सहजताका लागि शिविरको आयोजना गरेका हौं । रिपोटका आधारमा परिचयपत्र पाउन योग्य भएकाहरुलाई परिचयपत्र प्रदान गर्नेछौं ।’
 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update