Sagun Khabar
बैतडीका नयाँ प्रमुख जिल्ला अधिकारी पौडेल हाजिर 

बैतडी–बैतडीका नयाँ प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल हाजिर भएका छन् । 

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको गृह मन्त्रालयमा सरुवा भएपछि पौडेल नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएका हुन् । उनको गोरखा जिल्लाबाट बैतडी सरुवा भएको हो । 

बुधबार आफू जिल्लामा हाजिर भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । जिल्लामा आएपछि सबै सरोकारवालाहरुसंग परिचयात्मक तथा भेटघाट कार्यक्रम चलिरहेको उनले बताए । जिल्लामा रहँदा सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा समेत गरेका छन् । 
 
 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update