
दार्चुला –दार्चुलाका ९ ओटै स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि ४ अर्ब ६१ करोड ४८ लाख ३० हजार ६ सय ६८ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन् ।
दार्चुलाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका, मार्मा गाउँपालिका, दुहुँ गाउँपालिका, अपिहिमाल गाउँपालिका र मालिकार्जुन गाउँपालिकाले मंगलबार बजेट सार्वजनिक गरेका थिए भने नौगाड र व्याँस गाउँपालिकाले आइतबार बजेट सार्वजनिक गरेका थिए ।
जिल्लाको महाकाली नगरपालिकाले ६५ करोड ८१ लाख ५६ हजार ५ सय ३७ रुपैयाँ बराबरको बजेट ल्याएको छ भने शैल्यशिखर नगरपालिकाले ६२ करोड ३४ लाख ८४ हजार ९ सय ४ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
यस्तै दुहुँ गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३५ करोड ७५ लाख ७१ हजार ८ सय १६ रुपैयाँको बजेट ल्याएको छ । मालिकार्जुन गाउँपालिकाले ६३ करोड ८ लाख ७० हजार रुपैयाँ, व्याँस गाउँपालिकाले ५५ करोड ५२ लाख ९७ हजार ८ सय ७१ रुपैयाँ, लेकम गाउँपालिकाले ४८ करोड १३ लाख ५६ हजार ५४० रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
यस्तै अपिहिमाल गाउँपालिकाले ४० करोड ३ लाख ४० हजार र नौगाड गाउँपालिकाले ४४ करोड ८४ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
पूर्वाधार निर्माण, सामाजिक, आर्थिक विकास र सेवा प्रवाह तथा संस्थागत सुधारका सबै क्षेत्र समेटेर बजेट निर्माण गरिएको पालिकाहरूले जनाएका छन् ।