Sagun Khabar
डडेल्धुराका सातै तहको बजेट सार्वजनिक 

डडेल्धुरा –डडेल्धुराका सातवटै स्थानीय तहले मङ्गलबार आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट सार्वजनिक गरेका छन् । 

विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर स्थानीय तहहरुले बजेट ल्याएका हुन्  । 

जिल्लाको परशुराम नगरपालिकाले ८० करोड ४९ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । नगर उपप्रमुख विमलाकुमारी बोहराले १७ औँ नगरसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्र प्राथमिकतामा परेको जानकारी दिइन् । 

अमरगढी नगरपालिकाले ५८ करोड २५ लाख ८८ हजार, आलिताल गाउँपालिकाले ५३ करोड २७ लाख २० हजार, अजयमेरु गाउँपालिकाले ५३ करोड दुई लाख ३८ हजार, गन्यापधुरा गाउँपालिकाले ४४ करोड ७४ लाख ५० हजार, भागेश्वर गाउँपालिकाले ५२ करोड ५७ लाख र नवदुर्गा गाउँपालिकाले ४६ करोड ७६ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । 

पालिकाहरुले सङ्घीय, प्रदेश र आन्तरिक स्रोतबाट जुट्ने आम्दानीको अनुमानका आधारमा बजेट विनियोजन गरेका छन् ।  
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update