Sagun Khabar
सुदूरपश्चिममा आज ठूलो पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह 

बैतडी–सुदूरपश्चिममा आज ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् अहिले सुदूरपश्चिमका जिल्लाहरुमा हल्कादेखि मध्यम बर्षा भइरहको र दिउँसो ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन् । 

अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएराति ललितपुरको टिकाथली, गोदावरी, खुमलटार र काठमाण्डौको बुढानिलकण्ठ तथा सिन्धुपाल्चोक क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ ।

बाढी पूर्वानुमान महाशाखाले ठूलो पानी परेका ठाउँमा सतर्कता अपनाउन आग्रह गरेको छ । भिरालो तथा कमजोर जमिनमा पहिरोको जोखिम उच्च भएकाले सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  ०७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update