Sagun Khabar
बैतडीको दोगडाकेदारको बजेट ५२ करोड ६८ लाख 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि ५२ करोड ६८ लाख ७४ हजार ६ सय ६४ रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

मंगलबार गाउँपालिकाको १५ औं गाउँसभाको दोश्रो बैठकमा उपाध्यक्ष पार्वती ऐरी कार्कीले उक्त बजेट पेश गरेकी हुन् । गाउँपालिकाले चालु र पूँजीगततर्फ गरि ५२ करोड ६८ लाख ७४ हजार ६ सय ६४ रुपैयाँको बजेट ल्याएको हो । 

गाउँपालिकाले नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ  ९ करोड ७७ लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ ८३ लाख ९६ हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ ।

यस्तै नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडतर्फ  ९ करोड ४ लाख ५३ हजार ६ सय ६४ रुपैयाँ , प्रदेश सरकारबाट प्राप्त हुने राजस्व २० लाख २५ हजार रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ  २७ करोड १७ लाख रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ रु ३ करोड २४ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको उपाध्यक्ष कार्कीले बताइन् ।

यस्तै गाउँपालिकाको आन्तरिक आयतर्फ १ करोड आम्दानी हुने अनुमान गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update