Sagun Khabar
कांग्रेसको प्रशिक्षण कार्यक्रम दशरथचन्द नगरपालिकामा सम्पन्न
Atrya hospital

बैतडी–नेपालि कांग्रेस बैतडीको कार्यकर्ता प्रशिक्षण कार्यक्रम अन्तरगत आइतबार दशरथचन्द नगरपालिकामा कार्यक्रम सम्पन्न भएको छ । आइतबार सम्पन्न प्रशिक्षण कार्यक्रममा पार्टिको बिधान, नियमावलि तथा निर्देशिकाका बिषयमा प्रशिक्षण दिइएको जिल्ला कार्यसमिति सदस्य रमेश भण्डारीले बताए । 

जिल्ला सदरमुकाम स्थीत गोठलापानिमा सम्पन्न भएको कार्यक्रममा पार्टिका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । पार्टि जिल्ला सभापति नरेन्द्रसिंह थापाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व केन्द्रीय सदस्य बिनयध्वज चन्द प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा पुर्व जिल्ला सभापतिहरु नरबहादुर चन्द, शिवराज भट्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको पर्टिका जिल्ला उपसभापति चतुरबहादुर चन्दले बताए । 

प्रशिक्षण कार्यक्रमको सम्बोधन गर्दै पुर्व सांसद समेत रहेका बिनयध्वज चन्दले चौधौँ महाधिबेशन पछि पार्टि अझै शसक्त रुपले अगाडी बढ्ने बताएकाछन् । राजनितिलाई व्यवसायीकरण गर्न नहुनेमा उनले जोड दिए । सैद्धान्तीक राजनितिको आवस्यकता रहेको भन्दै उनले आसन्न महाधिबेशनले अवसरवादीहरुलाई पाखा लगाउनुपर्ने तर्क गरे । 
 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update