Sagun Khabar
बैतडीको सिगास गाउँपालिकाको बजेट ५५ करोड ९० लाख 

बैतडी–बैतडीको सिगास गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि ५५ करोड ९० लाख ७४ हजार १ सय ९ रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।

शनिबार गाउँपालिकाको १७ औं गाउँसभाको दोश्रो बैठकमा उपाध्यक्ष धाना धामीले उक्त बजेट पेश गरेकी हुन् । 

गाउँपालिकाले चालुतर्फ ३७ करोड ४९ लाख ६७ हजार १ सय ९ रुपैयाँ र पूँजीगतर्फ १८ करोड ४१ लाख ७ हजार रुपैयाँ विनियोजन गरेको छ । 

गाउँपालिकाले नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ रु. ९ करोड ६० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदानतर्फ रु. ८२ लाख ३० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ । 

यस्तै नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडतर्फ रु. १० करोड ७३ लाख ९८ हजार १ सय ९ रुपैयाँ , प्रदेश सरकारबाट प्राप्त हुने राजस्व २९ लाख ७१ हजार रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ रु. २२ करोड ९९ लाख  रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ रु ७० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको उपाध्यक्ष धामीले बताइन् । 

यस्तै गाउँपालिकाको आन्तरिक आयतर्फ रु. ७६ लाख १५ हजार रुपैयाँ, चालु आर्थिक बर्षमा हुन सक्ने बैंक मौज्दात ४ करोड ७० लाख ६० हजार रुपैयाँ समेत गरी ५५ करोड ९० लाख ७४ हजार १०९ रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update