Sagun Khabar
बिहानै खोचलेकमा स्कारपिओ दुर्घटना
Atrya hospital

बैतडी–बैतडीको खोचलेकमा स्कारपिओ जीप दुर्घटना हुदाँ चालक घाइते भएकाछन् । सामान्य घाइते भएका ३४ बर्षिय चालक हरिश बोहराको खोचलेक स्थीत क्लिनिकमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

दार्चुलाको गोकुलेश्वरबाट महेन्द्रनगर जादैँ गरेको बा १२ च ४२४० नम्बरको जीप बिहान साढे सात बजे दुर्घटना भएको हो । जीप सडकबाट १सय मिटर तल खसेको प्रहरी चौकी खोचलेकले जनाएको छ ।

हिजो महेन्द्रनगरबाट बुकिङमा आएको स्कारपिओ जीप फर्किने क्रममा दुर्घटना भएको हो । जीपमा चालक र १ जना यात्रु बाहेक अरु कोहि नभएको प्रहरीले जनाएको छ । जीपमा सवार अर्का यात्रु दानसिंह भाट भने सकुशल रहेकाछन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update