Sagun Khabar
खोलाले बगाउदाँ एकको मृत्यू ४ जनाको सकुशल उद्धार
Atrya hospital

बैतडी–बैतडीको सिगासमा मलामी गएका एक ब्यक्तिको खोलाले बगाउदाँ मृत्यू भएको छ । आज बिहान १० बजे सिगास गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय प्रकाश सिंह धामीलाई माडौँ खोलाले बगाउदा बेपत्ता भएका भएका थिए । उनको खोजी गर्दा दिउसो करिब १ किलोमिटर तल शब भेटिएको प्रहरीले जनाएको छ । 

मलामी गएका अन्य ४ जनालाई पनि खोलाले बगाएकोमा उनिहरुको गाउँलेले सकुशल उद्धार गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक राजेश साहीले बताए । मलामी गएका स्थानिय नरेन्द्र सिंह धामी, बिरेन्द्र सिंह धामी, नन्द धामी र बिरेन्द्र धामीको ५० मिटर तलबाट सकुशल उद्धार गरिएको हो । 

खोलाले बगाउदाँ मृत्यू भएका प्रकाश सिंह धामीको शव पोष्टमार्टम गर्न जिल्ला सदरमुकाम ल्याउनु तयारी भैरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update