Sagun Khabar
बैतडीको शिवनाथद्वारा आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गाउँसभाको १५ औं अधिवेशनमार्फत आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

शिवनाथ गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ‘हाम्रो शिवनाथ, हामी बनाउछौं’भन्ने अभिप्रायले शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याउने उल्लेख गरिएको छ । 

यस्तै गाउँपालिकाभित्र बोलिने भाषाको जगेर्नाका लागि व्याकरण लेखन र प्रकाशनको व्यवस्था गरिने उल्लेख गरिएको छ । 

गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै एक वडा एक खेलमैदानको नीतिलाई निरन्तरता दिइने उल्लेख गरिएको छ । 

आगामी बर्षमा गाउँपालिकाका ६ ओटै वडालाई बालमैत्री घोषणा गरिसक्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । गाउँपालिकाबासीको स्वच्छ खानेपानीमा पहुँच पुर्याउन आवश्यक नीति लिइने उल्लेख गरिएको छ । 

यस्तै न्यायीक समितिको कामलाई प्रविधिमैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कृषितर्फ विभिन्न कार्यक्रमहरुमा अनुदान दिइने उल्लेख गरिएको छ । 

 


 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update