Sagun Khabar
बैतडीको सुर्नयाका केही ठाउँमा ठेउला रोग देखियो, सतर्कता अपनाउन आग्रह 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाको वडा नं ७ र ८ का केही ठाउँमा ठेउला रोग देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 

ठेउला रोगबाट बालबालिकाहरु प्रभावित भएकाले केही विद्यालय समेत बन्द गरिएका छन् । 

ठेउला रोग सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । यसबाट बालबालिका, गर्भवती महिला, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरु बढी प्रभावित हुने भएकाले ध्यान दिनुपर्नेमा उनले जोड दिए । 

ठेउला रोग भएमा ज्वरो आउने, शरीरभरी बिमिरा आउने, शरीर दुख्ने, भोक नलाग्ने लगायतका लक्षण देखा परेका छन् । यस्ता लक्षण देखा परेमा नजिकका स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरिएको महराले बताए । 

ठेउला संक्रमित व्यक्तिलाई केही समय होम आइसोलेसनमा राख्नुपर्ने स्वास्थ्य शाखा प्रमुख महराले बताए । यसका साथै व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिन उनले जोड दिए । 

केही ठाउँमा ठेउला रोग देखिएकाले आवश्यक सतर्कता अपनाउन सम्वद्ध सबै पक्षलाई आग्रह गरिएको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए ।

theula-1750048111.jpg
 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update