Sagun Khabar
मजदुरवर्गलाई राहत र स्वास्थ्य सुरक्षा सामग्री

बैतडी–कोरोना भाइरसको महामारी कायमै रहेको अवस्थामा स्वास्थ्य सुरक्षा सर्तकता अपनाउनु जरुरी रहेको भन्दै जनचेतना अभिबृद्धिका कार्यक्रमहरु जारी रहेकाछन् । जनचेतना मूलक कार्यक्रमका संगै केहि संघसस्थाहरुले स्वास्थ्य सुरक्षाका लागी प्रयोग गरिने सामग्री बितरण गरिरहेकाछन् ।

शनिबार दलित समाज विकास मञ्च बैतडी र महिला मानव अधिकार रक्षक सञ्जाल बैतडीले दशथचन्द नगरपालिका वडा न. १ का १० परिवारलाई राहत सामग्री बितरण गरेको छ । मजदुर वर्गलाई चामल, दाल, नून, साबुन, तौलिया, मास्क र स्यानेटाइजर बितरण गरिएको दलित समाज बिकास मञ्चका अध्यक्ष सरस्वति नेपालीले बताइन् ।

Atrya hospital

कोरोनाको महामारीका बेला मजदुरी गर्न असहज भएको अवस्थामा दैनिक छाक टार्न समस्या भएका परिवारलाई राहत दिइएको उनले बताइन् । राहत सामग्री बितरण गर्नुका साथै उनिहरुलाई कोरोनाबाट बच्ने उपायबारे जानकारी गराइएको महिला मानव अधिकार रक्षक सञ्जालका सचिव कल्पना रानाले बताइन् । मजदुरवर्गलाई अहिले दैनिक ज्यालादारीको काम पाउन मुस्कील भैरहेको र काम पाएपनि सबै ठाउँमा जान कोरोनाको जोखीम रहेकाले केहि दिन खान पुग्ने भन्दै राहत दिएको उनले बताइन् । 

राहत सामग्री पाएका ब्यक्तिहरुले खुसि ब्यक्त गरेकाछन् । मजदुरी गर्न समस्या भएका बेला राहत सामग्री पाएपछि केहिदिन छाकटार्न सजिलो हुने दनपा १ दौनेबाँझका खेम लोहारले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update