भन्सार छलीको सामग्रीसहित बैतडीका एकजना कैलालीबाट पक्राउ

बैतडी–भन्सार छलीको सामग्रीसहित बैतडी घर भएका एकजनालाई कैलालीबाट पक्राउ गरिएको छ ।
बैतडीको पुर्चौंडी नगरपालिका घर भएका ३३ बर्षीय नवीन कुँवरलाई भन्सार छलीको सामग्रीसहित अत्तरीया बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतबाट भन्सार छलेर ल्याएका करीब १७ लाख रुपैयाँ बराबरका ९ बोरा कपडासहित कुँवरलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो ।
भन्सार छलीका कपडा काठमाण्डौं लैजाँदै गरेको अवस्थामा कुँवरलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ ०९:४६
प्रतिक्रिया दिनुहोस्