बैतडीको दोगडाकेदारमा रास्वपाको संगठन विस्तार अभियान शुरु

बैतडी –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैतडीको दोगडाकेदार गाउँपालिकामा संगठन विस्तार अभियान शुरु गरेको छ ।
वडा नम्बर १ बाट संगठन विस्तार अभियान शुरु गरिएको रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)ले बताए । शनिबार वडा नं १मा संगठन विस्तार गरिएको उनले बताए ।
वडा नं १ मा गोपाल कार्की सभापति रहने गरेर नयाँ वडा समिति गठन गरिएको छ । उक्त समितिको उपसभापतिमा प्रकाश भण्डारी, सचिवमा दिपकसिंह साउँद र अन्य सदस्यहरु रहेका छन् ।
रास्वपाले मिसन ८४ लाई लक्षित गर्दै संगठन विस्तारको काम शुरु गरेको जनाएको छ । दोगडाकेदारका सबै वडामा समिति विस्तार गरिने जोशीले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२ ०७:४४
प्रतिक्रिया दिनुहोस्