
बैतडी –बैतडीको सुर्नया गाउँपालिका–८ दोरास्थित कैलपाल सामुदायिक स्वास्थ्य इकाइका प्रमुख कृष्णबहादुर साउँदको निधन भएको छ ।
साउँदको सुर्नया गाउँपालिका–८ कठमडास्थित घरमै बिहीबार राति ११ बजे निधन भएको जानकारी आएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
तीन दिन पहिला शरीरमा बिमिरा आएपछि साउँद उपचारका लागि डडेल्धुरा अस्पताल पुगेका थिए । अस्पतालबाट औषधी ल्याएर फर्केका साउँदको दोश्रो दिनपनि एक्कासी पेट दुखेको र फेरि अस्पताल पुगेका बताइएको छ । अस्पतालबाट औषधी ल्याएर फर्केका साउँदको बिहीबार राति एक्कासी निधन भएको महराले बताए ।
साउँदको निधनले सुर्नयाको स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको महराले बताए । साउँद एक कुशल स्वास्थ्यकर्मीको रुपमा रहेका थिए । साउँदको अल्पायुमै निधन भएपछि उनको गाउँ शोकमा डुबेको छ ।
मृतक साउँदको घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।