Sagun Khabar
पाटन बहुमुखी क्याम्पसमा स्ववियुको प्रयास, शैक्षिक क्यालेन्डर देखि दस्तावेजीकरणसम्म

गोविन्द पन्त बैतडी : बैतडीको पाटन बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले पहिलो पटक शैक्षिक क्यालेन्डर प्रकाशित गरेको छ ।

पाटन बहुमुखी क्याम्पसमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा शैक्षिक क्यालेन्डर सार्वजनिक गरिएको हो । क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले स्ववियु कार्यसमित द्वारा शैक्षिक सत्रभित्र सञ्चालन हुने सबै गतिविधि समेटेर क्यालेन्डर सार्वजनिक गरिएको स्ववियु सभापति सन्जय कुमार भण्डारीले बताए ।

स्ववियु कार्यसमिति द्वरा प्रकाशित शैक्षिक क्यालेन्डर आज एक कार्यक्रमका बीच विमोचन समेत गरिएको छ । विमोचन कार्यक्रममा प्रमुख अतिथि पाटन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष राजेन्द्र सिँह विष्ट, विशिष्ट अतिथि दिपक विष्ट, क्याम्पस प्रमुख बिनोद भण्डारी, नि वर्तमान क्याम्पस प्रमुख उत्तम भण्डारी लगायत प्राध्यापक तथा सरोकारवालाहरुको उपस्तिथि रहेको स्ववियु सचीव प्रकाश भट्टले बताए ।

स्ववियु अध्यक्ष भण्डारीले कार्यक्रमलाई सम्बोधन गर्दै शैक्षिक क्यालेन्डर प्रकाशनले विद्यार्थीहरूलाई पठनपाठन, परीक्षा, अतिरिक्त क्रियाकलाप लगायतका विषयमा पूर्व जानकारी प्राप्त गराउने छ । जसले समय व्यवस्थापनमा सहजता ल्याउने विश्वास लिएको बताएका छन ।

पाटन बहुमुखी क्याम्पसले स्ववियुको यो पहलले शिक्षण सिकाइमा पारदर्शिता र जवाफदेहिता कायम हुने बताउँदै निरन्तर यस्ता सकारात्मक प्रयासलाई संस्थागत गर्ने प्रतिबद्धता जनाएको छ । प्रकाशित क्यालेन्डरमा कक्षा सञ्चालन, आन्तरिक मूल्याङ्कन, सार्वजनिक बिदा, अतिरिक्त क्रियाकलाप, अभिमुखीकरण कार्यक्रम, शैक्षिक भ्रमण लगायतका क्याम्पस प्रतियोगिता सहितका गतिविधिहरूको स्पष्ट समय तालिका समावेश गरिएको सभापति भण्डारीको भनाइ रहेको छ ।

यस्तै पाटन बहुमुखी क्याम्पसमा उदाहरणीय काम गर्दै आएको स्वतन्त्र विद्यार्थी युनियनले गत महिना मात्रै क्याम्पसका विद्यार्थीको सहजीकरणका लागि स्ववियु कार्यालयमा विद्यार्थीहरुको अन्लाईन फारम भर्दै आफ्नै लगानीमा कम्प्युटर , प्रीन्टर , ईन्टरनेट कुर्सी लगायत अति आवश्यक सामग्री खरिद गरि व्यवस्थापन गरेको बताइएको छ । बेला बेला क्याम्पसको हितमा कामगर्दै आएको स्ववियु कार्यसमितिले वि स २०४२ साल यताका सबै स्ववियु पदाधिकारीहरुको दस्तावेजीकरण गर्ने योजनामा रहेको सभापति भण्डारीले बताए ।

पाटन बहुमुखी क्याम्पसमा स्नातक तहमा बिए, बीएड, बीबीएस लगायतका कार्यक्रम सञ्चालनमा रहेका छन्।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update