कृषि ज्ञान केन्द्र बैतडीद्वारा तरकारीको बीउ वितरण

बैतडी –कृषि ज्ञान केन्द्र बैतडीले किसानहरुलाई बर्खे तरकारीको बीउ वितरण गरेको छ ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ७ को बाइम, बन्साड र रत्नकाँडा क्षेत्रका विपन्न, एकल महिला र सिमान्तकृत समुदायका २७ जनालाई तरकारीको बीउ वितरण गरिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताए ।
स्थानीयस्तरका किसानहरुलाई आत्मनिर्भर बनाउनका लागि बीउबिजन र विभिन्न सामग्री वितरण गरिएको कार्यालय प्रमुख जोशीले बताए । व्यवसायिक तरकारी खेतीमा लाग्नका लागि किसानहरुलाई बीउ र सामग्री वितरण गरिएको बताइएको छ ।
डिलाशैनी गाउँपालिकाको कृषि शाखाको समन्वयमा बीउबिजन र अन्य सामग्री वितरण गरिएको स्थानीय प्रदीप जोशीले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ ०९:१७
प्रतिक्रिया दिनुहोस्