Sagun Khabar
पूर्व प्रधानपञ्च अवस्थीको १ सय १ बर्षमा निधन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–६ मूलखटाली घर भएका पूर्व प्रधानपञ्च एवं ज्योतिष बिरादत्त अवस्थीको १ सय १ बर्षको उमेरमा निधन भएको छ । 

पछिल्लो समयमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ सिमलफाँटा बस्दै आएका  अवस्थीको शनिबार बिहान आफ्नै निवासमा निधन भएको उनका भतिजा विनोदप्रसाद अवस्थीले बताए । 

आँफै पञ्चाङ्गकार समेत रहेका ज्योतिष अवस्थीको निधनले मूलखटाली गाउँ शोकमा डुबेको छ । शताब्दी पुरुष अवस्थीको निधनले एक सामाजिक, धार्मिक र जानकार व्यक्तिको अवसान भएको स्थानीय पदमराज अवस्थीले बताए । 

अवस्थी २०३५ सालमा शंकरपुर पञ्चायतको प्रधानपञ्च समेत बनेका थिए । स्वर्गीय अवस्थीका ६ छोरा र ६ छोरी रहेका छन् । उनको आजै हिन्दू परम्परा अनुुसार दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update