शिवनाथ गाउँपालिकाद्वारा अपांगता भएका व्यक्तिलाई ह्वेलचेयर वितरण

बैतडी –बैतडीको शिवनाथ गाउँपालिकाले अपांगता भएका एकजनालाई ह्वेलचेयर प्रदान गरेको छ ।
शिवनाथ गाउँपालिका–५ का ६५ बर्षीय मदन दमाई अशक्त भएकाले उनको साहरका लागि ह्वेलचेयर प्रदान गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
प्यारालाइसिसका कारण गएको एक बर्षदेखि अपांगताको शिकार भएका मदनको सहयोगका लागि उनका छोरा सुभाष दमाईलाई एक थान ह्वेलचेयर प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष शकुन्तला साउँदले बताइन् ।
मदनलाई बाहिरभित्र लैजान समेत समस्या भइरहेका बेला गाउँपालिकाले ह्वेलचेयर दिएपछि सहज हुने उनका छोरा सुभाष दमाईले बताए ।
अपांगता भएका व्यक्तिहरुको सहजताका लागि गाउँपालिकाले आवश्यकता अनुसार काम गरिरहेको गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले बताए ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२ ०८:३६
प्रतिक्रिया दिनुहोस्