डडेल्धुरा –डडेल्धुरामा अविरल वर्षाका कारण आएको बाढीले एक पुल बगाएको छ । जिल्लाको परशुराम नगरपालिका–९ स्थित डेबरी खोलामा आएको बाढीले झोलुंगे पुल बगाएको स्थानीयहरुले बताएका छन् ।
बिहिवार राती खोलामा आएको बाढीले उक्त पुल बगाएको हो । बाढीले पुल समेत बगाएपछि आसपासका क्षेत्रमा बाढीको जोखिम बढेको भन्दै स्थानीयहरु त्रसित बनेका छन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८ १६:३३
प्रतिक्रिया दिनुहोस्