Sagun Khabar
‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’बैतडीको पाटनबाट शुभारम्भ 

बैतडी- पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल मार्ग)जनजागरण अभियान’ शुभारम्भ गर्नुभएको छ ।
शुक्रबार बैतडीको पाटन नगरपालिकामा निर्मित स्मारक उद्घाटन गरेर अध्यक्ष दाहालले जनजागरण अभियानको शुभारम्भ गर्नुभएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बैतडीको पाटनमा ‘जनातासंग माओवादीः मध्यपहाडी लोकमार्ग(पुष्पलाल मार्ग)जनजागरण अभियान’ उद्घाटन कार्यक्रममा बोल्दै देशलाई एकताबद्ध गर्नका लागि जागरण अभियान सञ्चालन गरिएको बताए । 
जनताका समस्या नजिकबाट सुन्नका लागि अभियान सञ्चालन गरिएको र समस्याको सम्बोधनका लागि सिंहदरबार र सडकबाट पहल गर्ने उहाँले बताए  । तराई–पहाड र हिमाललाई एकताबद्ध रुपमा जोड्ने र यो अभियानमार्फत सरकारलाई खबरदारी गर्ने उनले बताए ।

माओवादी पार्टी जनताको पार्टी रहेको बताउदै उहाँले उत्पीडित वर्गको हक अधिकारका लागि माओवादी केन्द्र बलियो हुनुपर्ने उहाँले जोड दिनुभयो ।

यसका साथै करौडौं खर्च गरेर पुनः निर्माण गरिएको पाटन विमानस्थल सञ्चालन सञ्चालन हुन नसकेकोप्रति अध्यक्ष दाहालले दुःख व्यक्त गर्नभयो ।

कर्मचारी ऐनको माग गर्दै आन्दोलनमा रहेका सुदूरपश्चिमका कर्मचारीको माग सम्बोधन गर्न पनि उहाँले सरकारलाई आग्रह गर्नभयो ।

किसानका समस्या समाधानका लागि कृषिमा क्रान्ति ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । सुदूरपश्चिम विकासको गतीमा अझै पछाडी परेको बताउँदै उहाँले यहाँको विकास नभइकन देश बलियो हुन नसक्ने बताए ।

२०८४ को आमनिर्वाचनमा आफ्नो पार्टी एक्लै चुनाव लड्ने उद्घोष गर्दै अध्यक्ष दाहालले आउने चुनावमा माओवादीलाई बलियो बनाउन आह्वान समेत गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update