१९ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित

काठमाण्डौ – १९ वर्षमुनिको साफ च्याम्पियनशिप प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।
यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको दुई टोलीबीचको हिजो भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको हो । जीतसँगै भारत समूह विजेता बनेको छ । नेपाल उप विजेतामै सीमित रह्यो ।
आयोजक भारतले यसअघि श्रीलङ्कालाई ८–० ले हराएको थियो । नेपालले पनि श्रीलङ्कालाई ५–० ले हराएको थियो ।
अब सेमिफाइनलमा पर्सि शुक्रवार भारतले समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग र नेपालले समुह ‘ए’ को विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र २०१७ को यू १८ उमेर समूहको संस्करण जितेको थियो । पछिल्लो पटक भने नेपाल फाइनलमा बङ्गलादेशसँग पराजित भएको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ ०७:१०
प्रतिक्रिया दिनुहोस्