
दार्चुला –दार्चुलामा रूखको दुई हाँगाको बीचमा अड्किएकी एक बालिकाको उद्धार गरिएको छ ।
मंगलबार बिहान दुँहुँ गाउँपालिका – १ खर्राकी १४ बर्षीया धाना धामीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
खड्कुको रुखमा स्याउला काट्ने क्रममा चिप्लिएर रूखको दुई हाँगाको बिचमा अड्किएकी बालिकाको प्रहरी चौकी हिकिलाबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको हो ।
उद्धार गरिएकी बालिकाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२ १५:१६
प्रतिक्रिया दिनुहोस्