Sagun Khabar
मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी बैतडीकी साउँदको निधन 

बैतडी–मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बैतडीकी ३० बर्षीया हरु साउँदको निधन भएको छ । 

जिल्लाको शिवनाथ गाउँपालिका–४ कुङेफाँटा घर भएकी साउँदलाई कैलालीको अत्तरीयमा यही वैशाख २३ गते मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी साउँदको उपचारका क्रममा आज मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको स्थानीय दशरथ चाडले बताए । 

Atrya hospital

बच्चाहरुलाई पढाउनका लागि यही वैशाख २३ गते घरबाट अत्तरीया गएकी साउँदलाई सोही दिन साँझ मोटरसाइकलले ठक्कर दिएको थियो । मृतक साउँदका दुई छोरा रहेका छन् । 

मृतक साउँदका श्रीमान हिक्मत साउँद रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका र आजमात्रै नेपाल आइपुगेका चाडले बताए । 

साउँदलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो । 

बालबच्चा पढाउनका लागि अत्तरीया पुगेकी साउँदको निधन भएपछि घरपरिवारको विचल्ली भएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update