
बैतडी –स्थानीय सेवा ऐन ल्याउन माग गर्दै सुदूरपश्चिमका स्थानीय सेवाका कर्मचारी आन्दोलित भएका छन् ।
प्रदेश सभामा गत माघमै दर्ता भएको विधेयक प्रदेश सभाबाट पारित गर्नुपर्ने माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । ऐनको माग गर्दै आन्दोलनमा उत्रेका कर्मचारीहरुले आइतबार मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् ।
स्थानीय सेवा ऐन ल्याउन पटकपटक आग्रह गर्दा पनि नल्याइएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको संघर्ष समितिका संयोजक झलक दौल्यालले बताए ।
सरकारले ऐन नल्याउँदा कर्मचारीहरुको वृतिविकास नै रोकिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । प्रदेशका ८८ ओटै स्थानीय तहका कर्मचारीहरु धनगढी पुगेर आन्दोलनमा सरीक भएका दौल्यालले बताए । सरकारले ऐन नल्याउँदा सम्म आन्दोलन जारी रहने उनले बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२ १८:०७
प्रतिक्रिया दिनुहोस्