
बैतडी –स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को कार्यकारी सदस्यमा बैतडीका रिजन मडै निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न भएको फेकनको निर्वाचनमा बैतडीको सुर्नया गाउँपालिका–५ मड घर भएका मडै १ सय ७ मत ल्याएर कार्यकारी सदस्यमा निर्वाचित भएका हुन् ।
कार्यकारी सदस्यमा निर्वाचित मडै काठमाण्डौंमा रहेको डायस्पोरा एकेडेमीका संस्थापक तथा कार्यकारी अधिकृत समेत रहेका छन् ।
स्वतन्त्र शैक्षिक परामर्श संघमा आवद्ध सदस्यहरुको हकहितका लागि आवाज उठाउन र व्यवसायिक क्षमता बढाउन आफूले काम गर्ने उनले बताए ।
सदस्यहरुको सुझावलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै उनले नीति निर्माण तहमा भोगिरहेका समस्या समाधानका लागि आफू लागिपर्ने उनले बताए ।
शनिबार सम्पन्न भएको फेकनको अधिवेशनले उमेश कुशवाहको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको कार्यकारी सदस्य मडैले बताए ।