Sagun Khabar
राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षमा भट्ट चयन 

बैतडी–नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ बैतडीको अध्यक्षमा यज्ञराज भट्ट (यदु) सर्वसम्मत चयन भएका छन् । शनिबार पाटनमा सम्पन्न भएको संघको दशौं जिल्ला अधिवेशनले भट्टको नेतृत्वमा ३५ सदस्यीय जिल्ला कमिटि गठन गरेको हो । 

उक्त कमिटिको उपाध्यक्षमा भुवन कार्की, सचिवमा कर्ण कुँवर,कोषाध्यक्षमा दानसिंह धामी, सहसचिवमा वसन्ती भट्ट र विरेन्द्र महरा चयन भएका छन् । 

Atrya hospital

कमिटि अन्य सदस्यहरु पनि सर्वसम्मत चयन भएका बताइएको छ । 

अध्यक्षमा निर्वाचत भट्ट केही महिना पहिला एमालेमा फर्किएका थिए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवारी दिँदै वडा अध्यक्षमा जित हासिल गरेका थिए । संगठनले दिएको जिम्मेवारी आफूले कुशलतापूर्वक पूरा गर्ने अध्यक्ष भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update