Sagun Khabar
बैतडीका दुईसहित सुदूरपश्चिमका ३२ विद्यालय नमूना छनौट

बैतडी–बैतडीका दुईसहित सुदूरपश्चिमका ३२ ओटा विद्यालय नमूना विद्यालय छनौट भएका छन् । 

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले ३२ ओटा विद्यालयहरुलाई प्रदेश सभा निर्वाचन क्षेत्र नमूना विद्यालय छनौट गरेको हो । सामाजिक विकास मन्त्रीको अध्यक्षतामा बिहीबार बसेको बैठकले नमूना विद्यालय छनौट गरेको जनाइएको छ । 

Atrya hospital

बैतडीको सुर्नया गाउँपालिका–२ स्थित वासुदेव मावि लिस्किटा र शाहीलेकस्थित विरेन्द्र माविलाई नमूना विद्यालय छनौट गरिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश सभा निर्वाचन क्षेत्र नमूना विद्यालय छनौट कार्यक्रम अन्तर्गत प्रस्ताव आएका विद्यालयहरुमध्ये प्रदेशभरी ३२ ओटा विद्यालयहरुलाई छनौट गरिएको छ । 

छनौट भएका विद्यालयहरुको समग्र विकासका लागि गुरुयोजना निर्माण गरेर बजेट विनियोजन हुने बताइएको छ । छनौट भएका विद्यालयहरुले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक हुनु अघि गुरुयोजना पेश गर्न आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update