
डडेल्धुरा –डडेल्धुराको आलितालमा अटोले ठक्कर दिँदा गम्भीर घाइते भएका ४ वर्षीय बालक विवेक विकको मृत्यु भएको छ ।
आज अपराह्न विकलाई आलिताल–८ नजिकै सडकमा हिँडिरहेको अवस्थामा अटोले ठक्कर दिएको थियो ।
सडकमा हिँडिरहेका उनलाई डोटीको बुडरबाट जोगबुढा जाँदै गरेको भिनपा ००१ ह ०१२६ नम्बरको अटोले आलिताल–८ गोदाम नजिक बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता,प्रहरी निरीक्षक डम्बर बिष्टले बताए ।
आलिताल गाउँपालिका–४ कैनघाडीका उनी गोदाम बजारबाट आमा ज्योती श्रेष्ठ विकसँगै पैदल हिँडिरहेको थिए ।
ठक्करपछि अटोले बालकलाई करिब १० मिटर परसम्म घिसारेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । घटनामा थप दुई जना घाइते भएका छन् । घाइतेहरूको जोगबुढा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अटो चालक भने अहिले फरार रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।