
डडेल्धुरा –डडेल्धुरामा अटोले ठक्कर दिँदा एक बालक गम्भीर घाइते भएका छन् ।
जिल्लाको आलिताल गाउँपालिका–४ कैनघडीका ४ बर्षीय विवेक विक अटोको ठक्करबाट घाइते भएका हुन् ।
डोटीको बुडरबाट जोगबुढा–गाईबाँधे जाँदै गरेको भिनपा ००१ ह ०१२६ नम्बरको अटोले आलिताल–८ गोदाम नजिक विवेकलाई ठक्कर दिएको हो ।
घाइते बालकको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ १८:०८
प्रतिक्रिया दिनुहोस्