Sagun Khabar
मुक्त हलिया समाज महासंघले कोरोना प्रतिकार्यका कार्यक्रम गर्दै

बैतडी–राष्ट्रिय मुक्त हलिया समाज महासंघले बैतडीका २ स्थानियतहमा कोरोना प्रतिकार्यको कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बैतडीमा आयोजित अन्तरक्रियामा उक्त कुराको जानकारी गराइएको हो । कार्यक्रम अन्तरगत जनचेतना अभिबृद्धि र सुरक्षा सामग्री बितरणका गतिबिधि गरिने छन् । 

अहिले मास्कको प्रयोग गर्ने बानी हट्दै गएको र खोप लगाउन समेत अटेरी भैरहेकाले उक्त कुराको जनचेतना अभिबृद्धि गर्न कार्यक्रम सञ्चालन गरिने मुक्त हलिया समाज महासंघका कार्यक्रम अधिकृत जयराम बिश्वकर्माले बताए । ९ महिना सम्म सञ्चालन हुने उक्त कार्यक्रममा कोरोना प्रतिकार्यका लागी पहिलो पङ्तिमा कामगर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई तालिम प्रदान गरि कोरोना प्रतिकार्यका सामग्री  बितरण गरिने उनले बताए ।

Atrya hospital

लुथरन बिश्व फेडरेशनको आर्थिक सहयोगमा दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गरिने छ । समुदाय स्तरमा कोरोना प्रतिकार्य सम्बन्धीको ज्ञान दिनुपर्ने अझै जरुरी रहेकाले यो कार्यक्रम प्रभावकारी हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खगेन्द्र भारतीले बताए ।

जिल्ला हलिया मुक्ति समाज बैतडीका उपाध्यक्ष जयराम लोहारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला स्थीत सरोकारवालाहरुको सहभागीता रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update