Sagun Khabar
दशरथचन्दमा कक्षा–८ को ग्रेडवृद्धि परीक्षा वैशाख २९ देखि, विरेन्द्र माविमा परीक्षा केन्द्र 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । 

नगरपालिकाले एक सूचना जारी गर्दै कक्षा ८ को ग्रेडवृद्धि परीक्षा यही वैशाख २९ र ३० गते सञ्चालन हुने जनाएको छ । कक्षा ८ को परीक्षामा बढीमा दुई बिषयमा एनजी ल्याएका विद्यार्थी र बढीमा दुई बिषयमा अनुपस्थित भएका परीक्षार्थीहरुका लागि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागिएको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिशप्रकाश भट्टले बताए । 

Atrya hospital

आधारभूत तह परीक्षा व्यवस्थापन तथा सञ्चालन समितिको बैठकले विरेन्द्र माविलाई परीक्षा केन्द्र तोकेको शिक्षा शाखा प्रमुख भट्टले बताए । दिउँसो १२ बजेदेखि परीक्षा सञ्चालन हुने बताइएको छ । 

यसअघि शिक्षक महासंघको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न सकिएको थिएन् । 

Dasrathchnad-1746418916.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update