Sagun Khabar
बैतडीमा एकीकृत समाजवादीले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापन पत्र 

बैतडी –नेकपा एकीकृत समाजवादी बैतडीले प्रमुख जिल्ला अधिकारीलाई पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ । 

नेकपा एकीकृत समाजवादी बैतडीका अध्यक्ष लालसिंह कार्की नेतृत्वको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई पाँच बुँदे ज्ञापन पत्र बुझाएको एकीकृत समाजवादीका जिल्ला कमिटि सचिव लक्ष्मीप्रसाद जोशीले बताए ।

Atrya hospital

एकीकृत समाजवादीले बुझाएको ज्ञापन पत्रमा स्थानीय तहमा भइरहेको बेतिथी र अपारदर्शीता न्यूनीकरण गर्नुपर्ने, जिल्लाभित्र अलपत्र परेका विकास निर्माणका कामहरुलाई प्रक्रिया पुर्याइ यथाशीघ्र सञ्चालन गर्नुपर्ने, यातायात क्षेत्रलाई सुरक्षित, भरपर्दो र मार्यादित बनाइनुपर्ने, जिल्लास्थित संघ तथा प्रदेश मातहतका कार्यालयमा दरबन्दी अनुसारका कर्मचारीहरुको व्यवस्थापन गर्नुपर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरिएको छ । 

पार्टी केन्द्रीय नीति अनुसार नै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको सचिव जोशीले बताए । 

ज्ञापन पत्र बुझाउन एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज माया भट्ट, प्रदेश उपकमिटी सचिव गणेशबहादुर साउँद, जिल्ला अध्यक्ष लालसिंह कार्की लगायतका नेताहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए । 
Smajbadi-1746247458.jpeg
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update