
बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा महिलाहरुका लाथि हातेहोजीयारी र बुनाइ तालिम सञ्चालन गरिएको छ ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगरको सहयोगमा दशरथचन्द नगरपालिका–२ को कार्यालयले तालिमको आयोजना गरेको वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।
४५ दिनसम्म सञ्चालन हुने तालिममा वडाभित्रका २२ जना महिलाहरुको सहभागिता रहेको छ । सीपयुक्त तालिम दिएर महिलाहरुलाई आत्मनिर्भर बनाउने तालिमको उद्देश्य रहेको वडा अध्यक्ष बोहराले बताए ।
तालिमका सहभागीहरुलाई मोजा, स्वीटर,टोपी, मखलर लगायतका सामग्री बुन्ने सीप सिकाउने गरिएको तालिमकी प्रशिक्षक अञ्जु टमाटाले बताइन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ १९:४१
प्रतिक्रिया दिनुहोस्