
बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शिवनाथ गाउँपालिका समितिको सभापतिमा मोहनसिंह साउँद चयन भएका छन् । शिवनाथ गाउँपालिका वडा नं ३ साउँगडा बजारमा भएको भेलाले साउँदको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो ।
उक्त समितिको सचिवमा दशरथ महता चयन भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भीम नाथ, सुदूरपश्चिम प्रदेशका पूर्व महामन्त्री पारस बाहुन लगायतको उपस्थितीमा गाउँपालिका समिति गठन गरिएको रास्वपाका बैतडी उपसभापति हेमन्त ऐरले बताए ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२ १९:५०
प्रतिक्रिया दिनुहोस्