
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा पुग्न आज पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन् । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ ।
आइतवार भएको एलिमिनेटरमा चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा पुगेको हो । त्यस्तै शनिवार भएको पहिलो क्वालिफायरमा धनगढी साविक विजेता ललितपुर सिटीसँग पराजित भएको थियो । आजको विजेताले उपाधिका लागि ललितपुर सिटीसँग शनिवार खेल्नेछ ।
यसैबीच आजको खेल हेर्न ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस दशरथ रङ्गशाला जाने भएका छन् । कार्लोस हिजो बिहान काठमाण्डौ आइपुगेका हुन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ ०८:५६
प्रतिक्रिया दिनुहोस्